काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।
राजधानी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा नेता बस्नेतलाई भर्ना गरिएको उनका स्वकीय सचिव रामेश्वर आचार्यले बताएका छन् ।
बस्नेतलाई सामान्य खोकी र ज्वरो देखिएपछि स्वास्थ्य उपरीक्षणका लागि अस्पताल गएका हुन् ।
कांग्रेस अधिवेशनको दौडधूपमा सामान्य खोकी र ज्वरो देखिएपछि चेकअपका लागि नर्भिक अस्पताल गएपछि चिकित्सकले भर्ना गरेर उपचार गरिरहेका छन् ।
नेता बस्नेतको स्वास्थ्य जाँच रिपोर्ट आज सोमवार आउने स्वकीय सचिव आचार्यले बताएका छन् ।




