समाचार

कोरोना अप्डेट : ४४० जना कोरोना सङ्क्रमण ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले छ हजार ८१४ मा नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५१९ रहेको उनले बताए । नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत पुगेको छ ।

प्रवक्ता पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।

सङ्क्रमित शून्य जिल्ला दुई

उनले आज सङ्क्रमति शून्य रहेका जिल्ला दुई रहेको बताए । उनका अनुसार हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेका छ । पछिल्लो २४ घण्टामा ४७४ जनासङ्क्रमण मुक्त लिई घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ७८० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार कोरोना सङ्क्रमणबाट आज छ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हालसम्म सङ्क्रमणबाट ११ हजार ४६० को मृत्यु भएको छ । मङ्गलबार एक जनाको मृत्यु भएको थियो ।

होमआइसोलेसशन सात हजार पाँच, संस्थागत आइसोलेशनमा ५१४, सघन उपचार कक्ष (आइसियु)मा १८९ र भेन्टिलेटरमा ५३ जना छन् । यस्तै आज १६ हजार ५२९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज लगाएकासँगै हालसम्म ८७ लाख ५० हजार ९६० ले पहिलो मात्रा र ७४ लाख ८२ हजार १९५ ले पूर्ण मात्राको खोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *