काठमाण्डाैं । पुर्वराष्ट्रपति डा.रामवरण यादवकाे वाेली अहिले विवादमा परेकाे छ। गतसाता भरि सक्रिय रहेका पुर्वराष्ट्रपति डा.यादवले पुस्तक विमाेचन पुगेर राजनीतिक टिप्पणी गरेका छन।
वीपी काेइरालाकाे पुस्तक विमाेचन गर्दा उनले प्रधानमन्त्री शेरवहादुर देउवा र प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणाकाे वारेमा राजनीतिक दलका नेताले भन्दा पनि कडा अभिब्यक्ति दिएका छन। तिहारकाे मध्य हुदा पनि सर्वाेच्च अदालत विवादकाे घेरामा छ।न्यायाधिशहरूकाे विराेध र वहिष्कार जारी छ भने प्रधानन्यायाधिश ग्रेसफुल एक्जिट भन्दैछन । याे सवालमा नेकपा एमालेले वाहेकका दलले माैनता साधेका छन।एमालेले प्रधानन्यायाधिशकाे खुलेर पक्ष लिएकाे छ।
तर,नेपाली कांग्रेस देखि सत्ता घटक दलले अदालतकाे विषयकाे निरूपण उसैलाइ गर्न दिनुपर्ने मत राखिरहेका छन।स्वयम दलहरू समेत जाेगिएर वाेलिरहेकाे बेलामा पुर्वराष्ट्रपति डा.यादवले प्रधानन्यायाधिशले राजीनामा दिनु एकमात्र विकल्प रहेकाे वताएका छन।सक्रिय राजनीति हुदै राष्ट्रपति भएका उनले यसरी पेचिलाे मुद्धामा किन वाेले ?
कुरा यति मात्र हाेइन,उनले प्रधानमन्त्रि शेरवहादुर देउवाकाे वारेमा पनि मुख खाेलेका छन।उनले प्रधानमन्त्री वेलायत भ्रमणमा जानुकाे कारण खाेजेका छन।उनले अदालतमा यत्राे विवाद भएकाे बेलामा प्रधानमन्त्री किन वाहिर ? भनेर प्रश्न साेधेका छन।अर्थात उनलाइ प्रधानमन्त्री यस्ताेवेलामा वाहिर जानु उचित लागेकाे छैन तर याे कुरा उनले काेठामा हाेइन,सार्वजनिक मञ्चमा वाेलेका छन।यसकाे अर्थ के हाे ?
प्रमुख तिन वटै दल यतिवेला महाधिवेशनमा छन।यस्ताे बेलामा संस्थापन पक्षलाइ गाली गर्ने र अाफु चाेखाे वन्ने नेपाली राजनीतिमा चलेकै चलन हाे । यसकारण अदालतकाे सन्दर्भमा अनुकुलका भनाइ नेताहरूकाे सार्वजनिक भएकै छन।कांग्रेसकाे महामन्त्री समेत भइसकेका पुर्वराष्ट्रपति डा.यादवकाे अदालत र देउवाकाे सन्दर्भकाे भनाइ एक अर्कासंग जाेडिएकाे छ।अदालतसंग देउवाले सेटिङ गरेकाे,अदालतमा खेलेकाे लगायतकाे दाेष देउवालाइ लागेकै छ।यस्ताे बेलामा पुर्वराष्ट्रपतिले पनि पार्टी भित्रकाे देउवा इतरकाे पक्ष लिएकाे देखिन्छ।उनी संस्थापक्षकाे विपक्षमा देखिन्छन।कतिसम्म भने उनी राष्ट्रपति हुदै पनि गत अधिवेशनमा देउवालाइ असहयाेग गर्न सक्रिय भएका थिए।उनका पुत्र डा.चन्द्रमाेहन यादव अघिल्लाे अधिवेशनमा नै उठन खाेजेका थिए तर कांग्रेसले धनुषाकाे विवाद टुंगाे लगाउन ढिलाे गरेर उनलाइ पछि पारेकाे तुष पनि पुर्वराष्ट्रपति यादवलाइ देखिन्छ।
यसपटक देउवाकाे विरूद्धमा माहाैल वनाउन पाैडेल पक्ष लागिरहेकाे बेलामा उनले पनि साेही खेमालाइ मद्धत पुग्ने गरि वाेलेका छन।




