समाचार

प्रदेश -१ का नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । प्रदेश -१ का नवनियुक्त मनत्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट ४ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

नवगठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका नेता जयराम यादवले सामाजिक विकास मन्त्रालय, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी ४ मन्त्री र एक राज्यमन्त्रीले सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *