काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गरेका छन्।
मंगलबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास तोकिएकोमा सबैमा बन्दी प्रत्यक्षीकरणका मुद्दा राखिएको छ । नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न आग्रह गरेपछि जबराले आफूलाई इजलासमा नराखेका हुन् ।
मन्त्रिपरिषदमा भागवण्डा खोजेको, इजलास तोक्दा गोलाप्रथा गर्ने आफ्नो पुरानो वाचाबाट पछि हटेको लगायतका कारणले न्यायाधीशहरुले राणामाथि राजीनामाको दबाब बढाएका छन्।




