समाचार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तुलसीपुर । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा.१ प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *