समाचार

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *