समाचार

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक इजलासमा आज सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दाको सुनुवाइ हुँदैछ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा यसअघि पनि पटक–पटक पेसी चढ्दै आएको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *