राजनीति

नयाँ बानेश्वरमा सम्पादकसँग अन्तरक्रिया गर्दै ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरिरहेका छन् ।

नयाँबानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तरक्रिया गरिरहेका हुन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसदको अवरोधलगायतका विषयमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरेका छन् ।

प्रधानमन्त्री रहँदा बालुवाटारमा दुई पटक सम्पादकसँग अन्तरक्रिया गरेका ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा खिमलला भट्टराई, प्रदीप ज्ञवाली, विष्णु पौडेल र योगेश भट्टराई पनि सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *