काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पतीलाई कोरोना संक्रमण भएको छ । खड्काले आइतबार सामाजिक सञ्जाल मार्फत आफूहरू दुवैलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उनले आज परीक्षण गराएको जनाएका छन् ।
उनले भनेका छन्-
८ गते ४ बजेदेखि ज्वरो, खोकी सुरु भएको, आज १० गते एन्टिजन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजिटिभ । धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।




