काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा सांगठनिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिइरहेका छन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा तेस्रो दिन जारी बैठकमा महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।
बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
उक्त प्रस्तावमाथि समूहगत छलफलबाट आएको सुझाव र प्रश्नमाथि जवाफ दिनेक्रम सुरु भएको हो । उपमहासचिव पौडेलले जवाफ दिने क्रम सकिएपछि महासचिव पोखरेलले जवाफ दिन थालेका हुन् । उक्त प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।




