काठमाडौँ । मकवानपुरमा नेपाली काँग्रेस थाहा नगर कार्यसमितिको सभापतिमा प्रमोदकृष्ण जोशी विजयी भएका छन् ।
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदमा भएको निर्वाचनमा जोशीले निकटतम प्रतिद्वन्द्वी भरत गोपालीलाई पराजित गरेका हुन् । जोशीले १०९ मत ल्याउँदा गोपालीले ८१ मत मात्र पाए ।
त्यसैगरी दुई उपसभापति पदका लागि भएको निर्वाचनमा नवराज कार्की र उद्धव लामिछाने विजयी भएका छन् । उपसभापतिमा निर्वाचित कार्कीले १४४ मत र लामिछानेले १०२ प्राप्त गरे भने अर्का उमेदवार सोमप्रसाद गर्तौलाले ८६ मत मात्र प्राप्त गरे ।
सचिबमा भीमसेन मोक्तान र कर्णबहादुर गोपाली विजयी भएका छन् भने सहसचिबमा सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
मकवानपुरको १० स्थानीय तहमा नयाँ नेतृत्व चयन
१. हेटौंडा उपमहानगर – उत्सब इटिनी
२. थाहा नगरपालिका- प्रमोद जोशी
३. मनहरी गाउँपालिका- प्रकाश बर्तौला
४. इन्द्र सरोबर गाउँपालिका- विश्व लामा
५. भिमफेदी गाउँपालिका- संन्जिव श्रेष्ठ
६. गढी गाउँपालिका- राजवीर लामा
७. बकैया गाउपालिका- दिलबहादुर भोम्जन
८. बागमती गाउँपालिका- फणिन्द्र तिमल्सिना
९. कैलाश गाउँपालिका- राजेन्द्र घिसिङ
१०. राक्सिराङ गाउँपालिका- वीरेन्द्र जिम्बा




