काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नाे पार्टीबारे गलत प्रचार गरिरहेको बताएका छन् ।
काठमाडौंमा पार्टीको बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एस अरु पार्टीसँग मिसिन खोजेकोजस्ताे गलत प्रचार एमालेले गरिरहेको बताएका हुन् । यस्ता गलत प्रचार चिर्न नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले आह्वानसमेत गरेका छन् ।
‘एमालेले हाम्रोबारेमा गलत प्रचार गरिरहेको छ । एमाले अरु पार्टीमा मिसिन खोजेको गलत प्रचार गरेको छ’, उनले भने, ‘एकीकृत समाजवादी कोहीसँग पार्टी एकता गर्दैन ।’
आफूहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै उनले गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे ।




