जलश्रोत/उर्जा

३६ मेवा क्षमताको अपर बलेफी जलविद्युत् आयोजना अन्तिम चरणमा

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट(मेवा) क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको छ । जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी ४ हजार ५०० मिटर सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युतगृहमा पानी खसालिने छ । आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विसं २०७२ मा शुरु गरिएको सो अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *