काठमाडौँ । नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २०७९ र एन्टीजेन परिक्षणबाट ९६३ गरि कुल ३०४२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९८ संक्रमित थपिएका छन् । जसमा काठमाडौँमा ६०४ जना, ललितपुरमा १८७ र भक्तपुर १०७ जना संक्रमित भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ४४६ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १०५३० पिसिआर र ७१२४ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३०९ पुगेका छन् ।त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ३८७ जना रहेका छन् भने होम आइसोलेसनमा ३६ हजार ९२२ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ७१४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।





