कर्णाली प्रदेश

भदौ ४ गते कर्णालीमा सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिइने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक बर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै गर्दै आएको छ ।’

यस्तै कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *