काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको भारतको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ ।
उनको केही समयअघि दिल्लीस्थित एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो ।
बुधबार सर्जन डाक्टर सन्दीय गुलेरियाको नेतृत्वमा रहेको टोलीले उनको मिर्गौैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ ।
यसैबीच, एक सूचना सम्प्रेषण गर्दै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता र चासो राख्ने सबैमा आभार व्यक्त गरेका छन् ।




