काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ ।ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति भवनमा बुधबार दिउसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिएका छन् ।

साथै बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिने भएको छ । मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ ।






