राजनीति

विप्लव समूहको वार्ता टोली संयोजक खड्ग विश्वकर्मा

काठमाडौं । सरकारले गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै नेत्रविक्रम चन्द विप्लव नेकपाले पार्टीको तर्फबाट पनि वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री बादल संयोजकत्वमा डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो ।

विप्लव नेकपाले पनि वार्ता टोली सार्वजनिक गर्ने तयारी गरेको छ । विप्लव नेकपाले खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने दीपक सदस्य रहेको वार्ता टोली गठन गरेको स्रोतले जानकारी दिएको छ । एक दुई दिनभित्रै सरकार र विप्लव नेकपाबीच औपचारिक वार्ता गरिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *