समाचार

कार्की ब्यांक्वेटमा नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको छ । बिहान बैठक बस्ने बताइए पनि स्थायी समिति बैठकका कारण दिउँसो साढे १ बजेदेखि सुरु भएको हो ।

स्थायी समितिको बैठकका कारण केन्द्रीय कमिटी बैठक ढिला हुन गएको नेताहरूले बताएका छन्। स्थायी समिति बैठकमा निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर गरेको निर्णयका विषयमा छलफल भएको नेताहरूको भनाइ छ ।

आजको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई सोधेको स्पष्टीकरणको जवाफ नआएकाले उनलाई साधारण सदस्य नरहने गरी गरिएको कारबाहीलाई अनुमोदन गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *