काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई रिहाइ गर्न त्यहाँको सैनिक सरकारसँग माग गरेका छन् ।
सोमबार म्यानमारमा सेनाले कू गर्दै प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति मिन्टलगायत सयौंलाई नजरबन्दमा राखेको छ । त्यहाँ रेडियो, टेलिभिजन, इन्टरनेट सबै विच्छेद गरिएको छ ।
कांग्रेस सभापति देउवाले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत म्यानमारको सैनिक सरकारलाई तत्काल सबैलाई रिहाइ गर्दै जननिर्वाचित सरकार पुनर्बहाली गर्न माग गरेका छन् ।




