समाचार

प्रचण्डविरुद्ध पनि अदालतको अवहेलनामा मुद्धा दायर

काठमाडौं । पछिल्लो समय नेपालका उच्चपदस्थ व्यक्तिविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गर्ने क्रम बढेको छ ।

प्रधानमन्त्री केपी ओली, चार पूर्बप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा , कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्बसभामुख दमननाथ ढुगानाविरुद्ध अवहेलनाको मुद्दा चलिरहेको छ । उनीहरुलाई आफै अदालतमा उपस्थित भएर जवाफ दिन न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले आदेश दिएको थियो ।

सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ । प्रतिनिधिशभा बिघटनबारे सर्बोच्च अदालतले जनभावनाअनुसार निर्णय नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै दाहालले अभिब्यक्ति दिएका थिए । अधिवक्ता समिर बलामीले अवहेलनामा मुद्दा दायर गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *