काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीसँग शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति थापा र राजदूत बेरीबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाले यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।




