समाचार

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’:कांग्रेस नेता साउद

कलैया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गरेका छन् ।

कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिए ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग्न उनले नेताहरुलाई आग्रह गरे । अहिले कांग्रेसमा सहमति, सहकार्य र एकताको खाँचो रहेको हुँदा विगतका सबै कमीकमजोरीलाई बिर्सेर एकजुट भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *