समाचार

फरार अभियुक्तलाई उपप्रधानमन्त्री पोखरेलको माला

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा अपराधी, गुण्डा, फरार अभियुक्तलगायतको संरक्षणस्थल बनेको छ । अन्य पार्टीले तिरस्कार गरेका मात्र होइन, फरार अपराधीलाई समेत सरकारबाटै संरक्षण भइरहेको छ ।

यतिबेला ओली नेकपामा राम्रा र सिद्धान्त बोकेका भन्दा हत्यामा संलग्न भएका, जेलनेल भोगेका, तस्करलगायतले संरक्षण पाइरहेका छन् ।

दिपक मनांगे, बालकृष्ण ढुंगेल, प्रभु साह, प्रेम आले जस्ता विवादित व्यक्तित्व नेकपामा ठाउँ पाएका छन् । यसैक्रममा सप्तरी घर भएका फरार अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले माला लगाएर नेकपामा प्रवेश गराएका छन् ।

हिजो मंगलबार उनले राजविराजमा आयोजित आमसभामा उनलाई प्रवेश गराएका हुन् । राजविराजको आमसभामा सहभागी हुन आउनेलाई सत्तारुढ नेकपाले खाजा र दुई सय रुपैयाँ बाँडेको थियो ।

उपप्रधानमन्त्री पोखरेलले फूलमाला, अवीर लगाएर भित्र्याएका रणवीर सिंह भनिने यादव यादवलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकेको छ । यादव विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *