समाचार

जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपति भण्डारीकाे ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मंगलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले आज अपराह्न ट्वीटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।

मंगलबार तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर नष्ट भएको हो । सदरमुकाम खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *