समाचार

सबइञ्जिनीयर अधिकारीविरुद्ध आरोपपत्र दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको अभियोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर सुरेन्द्र अधिकारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत सब–इञ्जिनीयर अधिकारीले निकासा दिलाइदिएवापत रु एक लाख ५० हजार अतिरिक्त रकम लिएको आरोप लगाएको छ ।

सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले निजलाई अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । निज सव–इञ्जिनीयर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात् अन्तिम किस्ता निकासा गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको आयोगले आरोप लगाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *