काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक संस्था र ३० गते सबै जिल्लामा प्रदर्शन
बैठकले माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक संस्था र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुनेछ ।
यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।




