बागमती प्रदेश

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व-पश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाइकलाई ठक्कँर दिँदा दुई जनाको मंगलबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ बसले विपरीत दिशाबाट जाँदै गरेको बा ९२ प ५२०४ नम्बर मोटरसाइईकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते दुबै जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान ९ः२० बजे घटना भएको र दुबै जनाको अस्पताल ल्याउना साथ ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *