काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीको दिनगन्ती सुरु भएको बताएकी छन् । पूर्वराजा ज्ञानेन्द्र जस्तै ओली पनि शक्तिपीठ धाउने र नागरिक अभिनन्दनमा लागेको भन्दै झाँक्रीले उनको दिनगन्ती सुरु भएको बताएकी हुन् ।
नेतृ झाँक्रीले ओलीलाई कागजी तानाशाहको संज्ञा पनि दिएकी छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिँदै थियो, ठिक त्यहीबेला उनले ‘नागरिक अभिनन्दन’ खाँदै देशभरिका शक्तिपिठ धाउँदै गरेको खुब याद आयो, खड्गप्रसाद ओलीले शक्तिपिठ धाएको देखेर। उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।’




