समाचार

संसद् विघटनविरुद्ध आज काठमाडौंमा सिटी जुलुस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेकपाले आज काठमाडौंमा सिटी जुलुस गर्दैछ । दिउँसो ३ बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।

प्रचण्ड माधव नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनअन्तर्गत आज सिटी जुलुस गर्न लागेको हो । युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्ने जानकारी दिएका छन्।

संघर्ष समितिका अनुसार सो समूहले बुधबारदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिनेछन् । यो समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली गर्ने, २६ गते मसाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *