समाचार

राजस्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै महासङ्घ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् ।


समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक सङ्घका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल हुन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाल लगायत छन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीका समस्या तथा कठिनाइ पहिचान गरी निराकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

उनले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यसमितिको सफलतासँग समेत जोडिएकाले सोही अनुसार काम गर्नेमा जोड दिए । महासङ्घ सचिवालयमा कर, राजस्व सम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *