राजनीति

अमेरिकी राजदूतले भेटे प्रचण्डलाई

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सोमबार दाहाल निवास खुमलटारमा पुगेर राजदूत बेरीले भेटवार्ता गरे ।

भेटमा नयाँ राष्ट्रपति जो बाइडेनको विदेश नीति र प्राथमिकताबारे दाहाललाई जानकारी गराइएको जनाइएको छ ।

भेटमा लोकतन्त्र सुद्धढीकरण, जलवायु चुनौतिसँग जुध्ने मुद्दा, महिला एवं बालबालिकाको अधिकार सुनिश्चित गर्ने विषयमा छलफल भएको राजदूत बेरीले जानकारी दिए ।

यसअघि बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर बाइडेनको सन्देश सुनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *