समाचार

प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने २६ अधिकारकर्मी पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मानवअधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ । ओली नेतृत्वको सरकारले अदालतलाई प्रभावित गर्न खोजेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्तिविरुद्ध समाजले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुस्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

सोमबार दिउँसो बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *