समाचार

ओली समूहले माघ २३ गते दुई लाख मानिस काठमाडौं उतार्ने

काठमाडौं । प्रचण्ड–माधव समूहलाई काउन्टर दिन केपी ओली नेतृत्वको नेकपाले माघ २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ । माघ ९ गते नै प्रधानमन्त्री ओलीले २३ गते देखाइदिन्छौं भनेर घोषणा गरेका थिए ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा बाग्मती इन्चार्ज आनन्दकुमार पोखरेलले माघ २३ गते काठमाडौंमा दुई लाख मानिस उतारेर शक्ति प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेकपाका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि उपस्थित थिए । उनले कार्तिक २९ गते प्रचण्डले केपी ओलीमाथि लगाएको अभियोगपत्र फिर्ता र घोषित निर्वाचनमा सहभागी हुन आए एकता कायम रहने पनि बताए।

सोमबार नै प्रचण्ड माधव समूहले माघ २८ गते बृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ । उसले कुनै पनि हालतमा ओलीले गरेको निर्णय सच्याउनुपर्ने माग गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *