समाचार

संखुवासभा–अमेरिका जनसम्पर्क समितिले पायो पूर्णता, यस्तो बन्यो समिति

काठमाडौं । संखुवासभा–अमेरिका जनसम्पर्क समितिले पूर्णता पाएकोछ । समितिका संयोजक विनोद गौलीले आइतबार भर्चुअल माध्यममार्फत अमेरिकामा छरिएर रहेका संखुवासभाका कांग्रेसीलाई समेटेर समितिलाई पूर्णता दिएका हुन् ।

समितिको संयोजकमा गौली खाँदबारी, सहसंयोजक महिपाल घिमिरे तुम्लिङटार, उपसंयोजक अर्जुनकुमार कार्की पोखरी, महासचिव पद्मराज तामाङ पाँचखपन, सचिव दिनेश डाँगी चैनपुर, सहसचिव सचिन घिमिरे खाँदवारी र कोषाध्यक्ष पद अहिलेसम्म खाली छ । गौलीले समितिका सल्लाहकारहरूसमेत मनोनीत गरेका छन् । सल्लाहकारहरुमा पीयुष दाहाल मादी, धर्मराज श्रेष्ठ खाँदवारी, मदन घिमिरे खाँदवारी, गोपाल घिमिरे तुम्लिङटार, जगदीश्वर श्रेष्ठ खाँदवारी र क्रान्ति गौली पाठकगाउँ छन् ।

संयोजक गौलीले गोपाल घिमिरे, पीयुष दाहाल, धर्मराज श्रेष्ठलगायतकाा पूर्वपदाधिकारीसँग परामर्श गरी समावेशी चरित्रको समिति गठन गरेका छन् । नयाँ कार्यसमितिमा चेतमान श्रेष्ठ चैनपुर, खगेश्वर दाहाल मादी, विष्णु दाहाल लोहाकोट, डिल्ली पराजुली ढुंगेधारा, सुम्वा शेर्पा मकालु, विनोद गौतम माल्टा, नम्रता दाहाल खाँदवारी, जांगु लामा टासीगाउँ मकालु, सुरथकुमार डाँगी चैनपुर, प्रकाश बोहोरा तुम्लिङटार, सुमन केसी मादी, टेकेन्द्र कार्की ओखरवोटे र गीता खत्री मादी छन् ।

भर्चुअल माध्यमबाट भएको बैठकमा पीयुष दाहाल, धर्मराज श्रेष्ठ, गोपाल घिमिरे, जगदीश्वर श्रेष्ठ, क्रान्ति गौली, विनोद गौली, चेतमान श्रेष्ठ, महिपाल घिमिरे, अर्जुनकुमार कार्की, पद्मराज तामाङ, दिनेश डाँगी, गिता खत्री, सुरथकुमार डाँगी, जांगु शेर्पा, सचिन घिमिरे, खगेश्वर दाहाल, विष्णु दाहाल, सुमन केसी उपस्थित थिए ।

केही दिनअघि अमेरिका जनसम्पर्क समितिको अध्यक्षबाट कृष्ण गिरीलाई निष्कासित गरिएको थियो । समितिको बहुमत भेलाले गिरीलाई हटाएर संयोजकमा गौलीलाई चयन गरेको थियो । गिरीको गैरकांग्रेसी चरित्र र हुकुमी शैलीका कारण समितिका बहुमत सदस्य उनलाई हटाउन बाध्य भएका थिए । गिरीले स्थापनाकालदेखि समितिका पदाधिकारी र सदस्यहरुको सल्लाहविना एकलौटी ढंगले मनोमानी संस्थाको नाम र व्यानर अन्य संस्थासँग मिलेर दुरुपयोग गर्दै आएको बहुमत सदस्यको आरोप थियो ।

संकल्प खबरसँग कुराकानी गर्दै संस्थाका उपसंयोजक अर्जुनकुमार कार्कीले प्रजातान्त्रिक मूल्य मान्यता र विधि पद्धतिलाई शिरोधार्य गरेर संस्थाका गतिविधि अघि बढाइने बताए । प्रजातान्त्रिक संस्थाभित्र अप्रजातान्त्रिक गतिविधि हाबी भएका कारण संस्थालाई चुस्त दुरुस्त राख्न नयाँ भारी बहुमतले नयाँ कार्यसमिति जन्मिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *