काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जनालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।
आइतबार साँझ बसेको प्रधानन्यायाधीश नेतृत्वको न्यायापरिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला, नीता गौतम दीक्षित र प्रकाशचन्द्र गजुरेललाई मुख्य न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेको हो ।
यस्तै, सर्वोच्चका पूर्व वरिष्ठ न्यायाधीश वैधनाथ उपाध्यायलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिस गरिएको छ।




