समाचार

तस्वीरमा हेर्नुस् नेकपा प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले संसद विघटन विरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

संसद पुनर्स्थापनाका लागि दबाब दिँदै प्रचण्ड–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न नौ ठाउँबाट हजारौंको जुलुस निकालेर अहिले शान्ति वाटिका अगाडि सडकमा सभा गरेको हो ।

सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी सच्याएर मात्रै आन्दोलन समाप्त हुने बताएका छन् ।

सभा अगाडि प्रचण्ड–नेपाल समूहले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालेको थियो ।

Image may contain: 1 person, standing, crowd, sky and outdoor
Image may contain: one or more people, people on stage, crowd and outdoor

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *