राजनीति

प्रधानमन्त्रीले आफूलाईं केटो भनेपछि योगेश भट्टराईको जवाफ, तपाईंको स्तर थाहा पाएँ

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टी विभाजन भएपछि निकै हतासमा छन् । उनले आफ्ना समकक्षीदेखि दोस्रो तेस्रो वरीयताका नेताहरूको हुर्मत लिइरहेका छन् ।

नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डलाई हत्यारा, माधवकुमार नेपाललाई मामुली कार्यकर्ता भन्ने ओलीले शनिबार युवा नेता योगेश भट्टराईलाई केटो भनेर खिल्ली उडाएका छन् । ओलीले आफूले चुनावी सभामा गएर जिताएर ल्याएको केटोले पुक्क लात्ताले हानेर हिँडेछ भन्दै योगेशप्रति आक्रोश व्यक्त गरेका हुन् ।

आफूलाई केटो भनेर हेपेपछि योगेशले शनिबार राति नै ओलीलाई मुखभरिको जवाफ दिएका छन् । उनले प्रधानमन्त्रीको स्तर थाहा पाएको भन्दै आफूहरूको रगत र पसिनाको जगमा अहिलेको व्यवस्था आएको स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुस्ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *