काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचार गरेर स्वदेश फर्केकी छन्।
पुस २० गते उपचारको लागि भारतको मुम्बई गएकी सीता दुई छोरीसँग बिहीबार एअर इन्डियामार्फत् नेपाल फर्केकी हुन्।
उपचारको लागि सीतासँगै प्रचण्ड पनि गएका थिए तर लामो समय अस्पतालमै राख्नुपर्ने भएपछि सीता र दुई छोरीलाई भारतमै छोडेर प्रचण्ड पुष २५ गते स्वदेश फर्किएका थिए ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट सीता पीडित छिन्।




