देश

प्रतिनिधिसभा विघटनविरुद्ध प्रज्ञा प्रतिष्ठानको डबलीमा नागरिक सभा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेपछि नागरिक समाज आन्दोलित भएको छ । नागरिक समाजले दिन बिराएर प्रदर्शन गरिरहेको छ । यसैक्रममा प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रज्ञा प्रतिष्ठानको डबलीमा नागरिक सभा आयोजना हुन लागेको छ।

नागरिक आन्दोलनको अगुवाइमा दिउँसो २ बजे प्रज्ञा बडलीमा नागरिक सभा हुन लागेको हो। सभालाई नागरिक समाजका अगुवा कृष्ण पहाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। यसको विरोधमा नागरिक समाज, राजनीतिक दल, विभिन्न संघसंगठन आन्दोलनमा छन्। यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ।

बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानअनुसार संसद् विघटन गर्न नपाइने व्यवस्था भए पनि प्रधानमन्त्री ओलीले हठात प्रतिनिधिसभा भंग गरेर वैशाखमा निर्वाचनको मिति तोकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *