समाचार

अमेरिकी संसद भवनको हिंसात्मक घटनाले देउवा स्तब्ध

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार ट्वीट गर्दै सभापति देउवाले अमेरिकी कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

उनले टुइटमा भनेका छन्, ‘अमेरिकी कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’

सत्ता हस्तान्तरणको क्रममा बुधबार संसद भवनमा हिंसात्मक घटना हुँदा ४ जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकारीहरुले संसद बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेपछि हिंसात्मक घटना भएको हो ।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जीत भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *