समाचार

कोरोनाबाट कांग्रेस नेता डा.शेखरका दाजु निरञ्जन कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । उपचारका क्रममा उनको आइतबार बिहान नयाँ दिल्लीमा निधन भएको छोराहरु भाष्कर र हिमांशुले जानकारी दिएका छन् ।

कोरोना संक्रमण भएपछि लामो समयदेखि म्याक्स अस्पतालमा उपचार गराइरहेका निरञ्जनको फोक्सो र मृगौलामा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई भेट्न केही समयअघि डा.शेखर कोइराला दिल्ली पुगेका थिए ।

निरञ्जनको आज ४ बजे भारतको दिल्लीमा रहेको निगमबोध घाटमा अन्त्येष्टि गरिनेछ । निरञ्जन केशव र नोना कोइरालाका जेठा छोरा हुन् । निरञ्जन लामो समयदेखि दिल्लीमा बसेर व्यापार व्यवसाय गर्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *