काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल समूहका शीर्ष नेताको बैठक कोटेश्वरको पेरिसडाँडामा जारी छ ।
मध्यान्हदेखि सुरु भएको बैठक पार्टीको आगामी रणनीति तय गर्नमा केन्द्रित रहेको बताइएको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी रहेको एक नेताले बताए।
बैठकले संगठन, जिम्मेवारी बाँडफाँट, आन्दोलनका आगामी कार्यक्रम लगायतका विषयमा टुंगो लगाउने ती नेताले जानकारी दिए।




