समाचार

जाडो छल्न पूर्वराजा परिवारसहित झापा जाँदै, राजनीतिक भेटघाटलाई तीव्रता दिइने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार झापा जाने भएका छन् । जाडो छल्न भन्दै उनी पूर्वरानी कोमल, बुहारी हिमानी तथा नातिनातिनासहित आइतबार पूर्वक्षेत्र जान लागेका हुन् ।

झापा बसाइको क्रममा उनले पूर्वका केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ। पूर्वराजा ज्ञानेन्द्र हरेक वर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन्। दमकमा उनको निजी चिया बगान तथा निवास छ।

सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षले संसद ‘विघटन भएको’ समयमा उनले तराई भ्रमण लागेका हुन् । उनी झापादेखि वीरगन्जसम्म भ्रमणमा जाने बताइएको छ । पूर्वराजाले राजनीतिक भेटघाटलाई तीव्रता दिने बुझिएको छ । एक महिनादेखि सडकमा राजतन्त्र समर्थकको प्रदर्शनका आधारमा पूर्वराजा शाहले स्टेप चाल्ने राजावादीहरूले अपेक्षा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *