काठमाडौँ । अमेरिकाका लागि राजदूतमा नियुक्त भएका युवराज खतिवडाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बिहीबार शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खतिवडालाई सपथ गराएकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले मंगलबार पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् ।




