समाचार

सानेपामा सर्वदलीय बैठक सुरु

काठमाडौं । संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ ।

बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशशरण महतलगायत सहभागी छन् । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरलगायत नेताहरु पनि पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *