काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि बोलाएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिका लागि बैठक बोलाएका हुन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बैठक बोलाइएको हो ।
बैठक काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्क्वेटमा दिनको १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जनाएका छन् ।




