समाचार

बालुवाटारमा विघटित सांसदहरुको बैठक : बादल अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका आफू निकट सांसदहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सांसदहरुसँगको छलफलमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भने अनुपस्थित भएका छन् । यस्तै, पूर्व माओवादीतर्फका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बैठकमा सहभागी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *