समाचार

संसद् विघटन अगावै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपाका ९० सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *